शोकलाई शक्तिमा बदलौं: कानूनमन्त्री गाहामगर

पाेखरा | माघ १३, २०७९

शोकलाई शक्तिमा बदलौं: कानूनमन्त्री गाहामगर

पोखरा:    गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहामगरले शोकलाई शक्तिमा बदल्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।


नेपाल पत्रकार महासंघ कास्की तथा गण्डकी प्रदेश समितिद्वारा दिवगंत पत्रकार त्रिभुवन पौडेल  तथा सञ्चारकर्मी अनिल शाहीको १३ औ पुण्य तिथिमा आज (बिहीबार) आयोजित श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो अभिव्यक्ति दिनुभएको हो ।


मन्त्री गाहामगले दुर्घटनामा परि मृत्युभएका द्वय पत्रकारहरुको योगदानको उच्च मूल्याङ्कन गरि महासंघले उहाँहरुको योगदानलाई जीवन्त राख्नेगरि रचनात्मक काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘लोकप्रिय पत्रकारहरु आज हामीमाझ नभएपनि उहाँहरुको लक्ष्य र योगदानलाई स्मरण गर्नैपर्छ, मन्त्री गाहामगरले भन्नुभयो, ‘उहाँहरुको योगदानलाई जीवन्त राख्नको लागि यहाँहरुको महासंघले रचनात्मक काम गर्नु आवश्यक छ ।’ मन्त्री गाहामगरले भन्नुभयो ।


मन्त्री गाहामगले मिडिया क्षेत्र आफ्नो कार्यक्षेत्र भित्र पर्ने बताउनुहुदै आगामी दिनमा मन्त्रालयको तर्फबाट मिल्ने सहयोग गर्ने उल्लेख गर्नुभयो । उहाँले संचार क्षेत्र आफ्नै विभाग भएको बताउँदै पत्रकारहरुको रायसँगै अगाडि बढ्नेसमेत बताउनुभएको थियो ।


यसैगरी पत्रकार महासंघ गण्डकीका संस्थापक सल्लाहकार रविन्द्र बास्तोलाले यती एयरको जहाज दुर्घटनाले पोखराको मात्र नभई नेपालकै क्षति भएको बताउनुभयो । बास्तोलाले पोखरेली पत्रकार द्वयको देहवसानले पत्रकारितामै ठुलो धक्का पुगेको धारणा व्यक्त गर्नुभएको थियो ।


श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सल्लाहकार निर्मला शर्मा, कास्की शाखाका कार्यसमिति सदस्य शिवराज बास्टाकोटी लगायतले शोक वक्तव्य व्यक्त गरेका थिए ।


नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासंघ गण्डकीका सदस्य सुनिल पाण्डेले गरेका थिए । सो कार्यक्रममा विभिन्न संस्काका प्रतिनिधि तथा पक्रकारहरुले १३ औं पुण्य तिथिमा दिवंगत आत्माको चीर शान्तिको कामनासहित दिव प्रज्वलन गरेका थिए ।


दिवंगत त्रिभुवन पौडेल नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष, महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष र हाल महासंघका केन्द्रीय सदस्य थिए । यस्तै सञ्चारकर्मी अनिल शाही एपोस्टल एफएम सञ्चालन गर्दै आएका थिए ।


काठमाडौंबाट पोखरा आएको यती एयरको जहाज गत माघ १ गते सेती खोँचमा दुर्घटनाग्रस्त हुँदा चालकदलका ४ सदस्य र ६८ यात्रु गरि ७२ जनाको ज्यान गएको थियो । 
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्